Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी

spot_img

जनकपुर,२८ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ ।

समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार यादव, अनुगमन तथा मुल्याङ्कन समितिको प्रमुखमा रामसेवक यादव, प्रदेश मामिला तथा स्थानीय तह परिचालन विभाग प्रमखमा शैलेश कुमार साह, महिला विभाग प्रमुखमा निराकुमारी साह, दलित फाँट इन्चार्जमा पुनित राम र आर्थिक विभाग प्रमुखमा रेणु यादवलाई चयन गरेको छ ।

त्यस्तै, कार्यालय व्यवस्थापन समिति प्रमुखमा दिनेश कुमार यादव र कार्यालय सचिवमा जितेन्द्र कुमार यादवलाई चयन गरिएको छ । कृषि तथा सहकारी विभाग प्रमुख अरुणकुमार देव, शिक्षा विभागको प्रमुखमा बृजमोहन तिवारी, ट्रेड युनियन विभाग प्रमुख महाराज यादव रहेका छन् ।

बैठकले युसुफ अलि संयोजक रहेको संगठन विस्तार अभियान कार्यक्रमको सचिवालय समेत गठन गरेको छ । सचिवालयमा राम नरेश यादव, रामप्रकाश महतो, विनोद कुमार यादव र जितेन्द्र कुमार यादव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once