Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

मधेस प्रदेशले क्रान्तिकारी महिला योद्धा गुमाएको छ : अर्थमन्त्री यादव

spot_img

जनकपुर,२६ भदाै । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता सञ्जय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।

अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मदेसलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’

मधेस प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ ।

स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once