Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
23.1 C
Kathmandu

लागु औषध चरेश सहित पासवान पक्राउ

spot_img

वीरगंज । प्रहरीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ स्थित नहर सडक खण्डबाट लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २१ बर्षिय अनिल पासवान रहेका छन् ।

प्रहरी चौकी आशवारीबाट खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका बिआर२२एटि ८४९८ नम्बरको मोटरसाइकल रोकी माेटरसाइकलमा सवार पासवानलाई चेकजाँच गर्दा उनकाे साथबाट लागु औषध चरेश बरामद भएपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । निजले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध चरेश २० प्याकेट प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० के.जी.लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

लागु औषध तथा माेटरसाइकल बरामद गरी निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ थप अनुसन्धान भइरहेकाे उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once