Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक सम्पन्न

spot_img

वीरगंज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले ४ महत्वपूर्ण निर्णय गर्दै सम्पन भएको हाे । जिल्ला विपद् ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बिगतका निर्णयहरु समिक्षा गर्दै अगामी दिनकाे विपद् जाेखिमलाई ध्यानमा राखेर सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्णय गरेकाे छ ।

यस बर्षको लागी विवरण अधावधि गरी तयार गरिएको मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०८० लाई पनि बैठकले स्वीकृत गरेको छ । यस बर्षमा सम्मपुर्ण निकायले मन्सुन अन्य विपद् जस्तै डुबान, बाढी जस्ता विपद् खोज तथा उद्दार र राहत यसै योजना बमोजिम गर्ने गराउने गरी पनि निर्णय गरेको छ । मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना किटानी गरे अनुसार सबै स्थानिय तहहरु, सुरक्षा निकाय लगायतका आफनो जिम्मेवारी निर्वाह गर्ने, जनशक्ति, उपकरण एवम् स्राेत साधनको यथोचित ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपाली शेना श्रीजंग गणले यहि १४ गते आईतबार देखी २० गते सम्म संचालन हुने विपद् न्युनिकरण तथा अभ्यास मनसुन सम्बन्धी कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सबै सुरक्षानिकायं एवम् सरोकार वालाहरुलाई गणद्वारा आयोजित कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ । बैठकमा जिल्ला समन्वय समिती पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडयाल, शिव लाम्साल, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, उधोग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

बैठकमा पर्सा १४ वटा पालिका प्रमुखलाई निमन्त्रण गरिए पनि एक मात्र पालिका प्रमुख आएको र १३ वटा पालिका प्रमुख अनुपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once