Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

केपी ओली संघियता खारेज गर्ने खेलमा सक्रिय : अध्यक्ष श्रेष्ठ

spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनको खतरा अझै नटरेकाे बताएका छन् । वीरगंजमा शुक्रबार बसेकाे समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्साको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्ताे वताएका हुन् । उनले एमाले उठाएकाे प्रदेश खारेजीकाे कुरा संघियता खारेजीकाे माग भएकाे वताए । उनले भने “संविधान जारी भएपछि प्रदेश सभाकाे दुई वटा निर्वाचन सम्पन्न भएकाे छ । प्रदेशलाई बलियाे बनाउन भुमिका खेल्नु पर्नेमा एमालेले प्रदेश खारेजीकाे माग गर्नु अराजक्ता हाे ।”

नेकपा एमालेलको बजेट अधिवेशनलाई फेल गर्ने रणनिती रहेको बताउँदै उनले देशमा अस्थिरता सृजना गरी संघियतालाई खारेज गर्ने खेलमा एमालेमा अध्यक्ष केपी ओली लागेको बताए । एमालेको दोस्रो तहका नेताहरुले संघियता खारेज गर्नु पर्छ बोलेको बोली ओली कै रहेको उनकाे भनाई थियाे । देशलाई अस्थिर बनाएर संघियतालाई धरापमा पर्ने ओलीको रणनिति रहेको वताउँदै उनले यसको लागि अगामी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अगाडी सर्ने तयारीमा रहेको दाबी गरे ।

संगठनकाे केन्द्रिय महाधिवेशन तयारीकाे क्रममा वीरगंज पुगेका अध्यक्ष श्रेष्ठले संगठन गतिशिल बनाउनु पर्नेमा जाेड दिए । समावादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय उप महासचिव रामकुमार ऐलन, केन्द्रिय सदस्य बृजलाल पासवान, प्रदेश सचिव रमेश सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका बीरगंज महानगर कमिटि अध्यक्ष मनोज चौधरी, संगठन पर्साका सल्लाहकार चन्द्रभुषण साह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा बसेकाे बैठको सहजिकरण संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once