Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

spot_img

वीरगंज । प्रतिनिधिसभा सदस्य प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतक नियुक्त भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको तर्फबाट संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई शुक्रबार जानकारी दिएका छन् । संघीय सांसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि अध्यक्ष यादवले संघीय संसद सचिवालायलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once