Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

वीरगंज ३० का एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर

spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे ३० नम्बर वडा कार्यालयले एसईई उत्तीर्ण गरि कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर वितरण गरेकाे छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरि वडा अन्तर्गतका १६ जना एसईई उतिर्ण छात्राहरुलाई कम्प्युटर सेट वितरण गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव र बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका हुन् ।
छात्राहरुले प्राप्त गरेको उपलब्धिको मूल्याङकन गर्दै आगामी दिनमा पनि पढाइलाई निरन्तरता दिन प्रोत्साहन स्वरुप वडाले कम्प्युटर वितरण गर्नु कार्य सराहनिय भएकाे सांसद यादवले वताए । वडाध्यक्ष मनाेज यादवले परोपकारी तथा निकै महत्वपूर्ण कार्यक्रम ल्याएकाे वताउँदै सांसद यादवले उनलाई विशेष धन्यवाद समेत दिए । उनले भने “आशा गर्दछु अन्य वडाका प्रतिनिधिहरूले पनि उहाँबाट सिक्नु हुन्छ ।” चुनावी घोषणापत्र अनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको वडाध्यक्ष यादवले वताए । उनले कम्प्युटर शिक्षामा पनि दक्ष बनाउने उद्देश्यका साथ छात्राहरुलाई कम्प्युटर वितरण गरिएको वताए ।
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए । वडाध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे कम्प्युटर वितरण कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र यादवसहित समाजिक अगुवा, प्रधानाध्यापक, शिक्षक/शिक्षिका, स्थानीय लगायत विद्यार्थीहरुको उपस्थिति रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once