Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

पटेर्वासुगौली गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

spot_img

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका दुई वटा वडा पूर्ण खोपयुक्त घोषणा भएसँगै पालिका पूर्ण खोपयुक्त घोषणा भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय रामपुरको प्राङ्गनमा एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । ‘स्थानीय स्वामीत्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । वडा नम्बर २, ४ र ५ लाई गत आर्थिक वर्षमै घोषणा गरिएको थियो भने बाँकी रहेका वडा नम्बर १ र ३ सँगै पालिकालाई बिहिवार घोषणा गरिएको पटेर्वासुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना वि.क.ले जानकारी दिइन् ।

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले नेपाल सरकारले सूचिकृत गरेका सबै किसिमका खोपहरु पालिकामै लगाइने बताए । खोप नलगाएकै कारण कोही पनि बालबालिकाको स्वास्थ्यमा खराबी नआउने चौधरीको दावी छ । स्वास्थ्यका क्षेत्रमा पालिकाले प्राथमिकताका साथ काम गरीरहेको बताउँदै उनले आगामी आर्थिक वर्षमा पनि स्वास्थ्य सम्बन्धी जनमुखी योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवल किशोर साह, स्वास्थ्य निरीक्षक जयमोद ठाकुर, गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडाअध्यक्षहरु फरमान मियाँ अन्सारी, बिजय गैह्रे, माधव राउत थारु, बासु पंजियार, विपिन मुखिया बिन लगायत जनप्रतिनिधि एवम् कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाका स्वास्थ्य शखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once