Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
29.1 C
Kathmandu

चुल्होबाटै मनग्य आम्दानी

spot_img

वीरगंज । बार्षिक ५ करोड भन्दा बढीको चुल्हो कारोवार गरेको सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । तर, पर्साको परवानीपुरमा काठ, गोवरको चिपरी वा फुसको प्लेटबाट धुवारहित खाना बनाउन चुल्होका निर्माण गर्ने एक कम्पनिको बार्षिक कारोवार यही नै हो । पर्यावरण इन्जिनियर मनोज गुप्ताको धुवारहित चुल्हो निर्माण कम्पनीले स्थानीयलाई समेत रोजगारी दिएको छ ।

वीरगन्जका इन्जिनियर मनोज गुप्ताले धुवारहित चुल्होे निर्माण गरेर बार्षिक ४० देखि ५० लाखसम्मको आम्दानी गर्दै आएका छन । कम्पनीले निर्माण गर्दै आएको सुधारिएको चुल्होबाट भान्सा धुवा रहित हुनुका साथै कम दाउरामै खाना पकाउन सकिन्छ । पर्साको परवानीपुरमा रहेको हस्क पावर नेपाल नामकोे कम्पनी २० लाख लागतबाट सुरु भई अहिले १३ करोडको बनेको छ ।

कम्पनिले निर्माण गरेको चुल्होको मुल्य ५ हजार पर्छ । मुलुकको विभिन्न ठाँउमा गरेर ३ सय ६० हजार घरमा चुल्हो पुगेकोे छ । प्रदेश सरकारसंग सम्झौता गरि विभिन्न जिल्लाहरुमा ५० हजार चुल्हो सप्लाइ गरेको यस कम्पनीले १४ जना महिला तथा पुरुषलाई रोजगारी समेत दिएको छ । यस्तो चुल्होको अविष्कार र निर्माणबारे कतिपय विदेशी मुलुकबाट पार्यवरणमा अनुसन्धान गर्न बिद्यार्थीहरु समेत आउने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once