Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
29.1 C
Kathmandu

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न

spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार सम्पन्न भएकाे छ । बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने, संसदबाट दुई पटक पारित भइसकेको नागरिकता सम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेकाे जसपाका केन्द्रिय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पुनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने र बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनय गर्ने निर्णय गरेकाे उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once