Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
29.1 C
Kathmandu

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतिय पक्राउ

spot_img

वीरगंज । स्रोत नखुलेको ठूलो रकमसहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् ।

विन्दवासिनी–५ को प्रसौनीभाठाबाट पूल हुँदै वीरगंज तर्फ आउँदै गरेको वीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी प्रसौनीभाटाबाट खटेको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि बसेका गुप्ताले बोकेको झोलाबाट एक हजार दरको ८०० थान नोट र पाँच सय दरको ८०० थान नोट गरी कूल बाह्र लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार गुप्ता र आलमले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक वीरगंज र आसपासका क्षेत्रमा नक्कली नेपाली नोट भेटिन थालेको अवस्थामा स्रोत नखुलेको यत्रो ठूलो रकम बरामद हुनुले थप शङ्का उत्पन्न गरेको छ ।

डिएपी गिरीले गुप्ता र आलमसहित उनीहरु सवार मोटरसाइकल र रकमलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंक ऐन २०५८ विरुद्धको कसूरमा पर्सा जिल्लाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए । यसअघि केहि दिन अगाडि पर्सा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once