Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
25.1 C
Kathmandu

सशस्त्र प्रहरीद्वारा रु २४ लाख बराबरकाे पशुचाैपाया पक्राउ

spot_img

वीरगंज । सशस्त्र प्रहरीले रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक सुमन थपलियाकाे कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साकाे बिन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट ६५ वटा पशुचाैपाया नियन्त्रणमा लिएकाे हाे ।

आइतबार सांझ ५:०० बजे पर्साकाे बिन्दवासिनी गाउँपालिका १ स्थित गदौलाबाट र  साेही दिन सांज ६:४५ बहुदरमाई नगरपालिका २ स्थित तिलाबे खोलामा जनिकबाट रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल अलाैंका प्रहरी नायब उपरिक्षक याेगेश बरालले जानकारी दिए । भारतबाट ल्याइरहेकाे साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once