Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
25.1 C
Kathmandu

वीरगंजमा नि:शुल्क नर्सिङ तयारी कक्षा सुरु

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताएका छन् । वीरगंज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु भएकाे दुई महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माध्यकाे पठनपाठन सुरुवात गरेको भन्दै उनले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताए । महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गरे । आजदेखि सुरु निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once