Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
25.1 C
Kathmandu

चाेर्नीमा उपमेयर आलमद्वारा विद्यालय भवनकाे शिलान्यास

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ मा रहेकाे श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय चोर्निमा मंगलबार दुई काेठे भवन शिलान्यास गरिएकाे छ  । एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने भवनकाे शिलान्यास गर्दै उप मेयर आलमले विद्यालयमा थप कक्षाकोठा निर्माण र खानेपानीसहित शाैचालय निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने “विद्यालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ । सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनसंरचना, विद्यार्थीको सिकाइ उपलब्धी स्तर अभिवृद्धि, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि र सामुदायिक विद्यालयहरूमा खेल सामग्री व्यवस्थापन गर्ने छुं ।”

उप-मेयर आलमकाे प्रमुख अतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ राज यादव, प्रदीप जैसवाल, रामेश्वर पटेल लगायतकाे उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण श्री ने.रा.आ.वि.चोर्नीका प्रधानाध्यापक विजय कुमार यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once