Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
25.1 C
Kathmandu

व्यवसायीको समस्याप्रति सरकार गम्भीर छ : उद्योग मन्त्री रिजाल

spot_img

वीरगंज । लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नु परेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नु पर्ने भए यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने बताए ।

कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार निक्कै गम्भीर रहेको स्पष्ट पार्दै मन्त्री रिजालले यसका लागि सरकारलाई आवश्यक सुझाब दिन समेत उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धि तर्फ जान नसक्ने समेत बताए । विदेशी लगानीलाई आकर्षित गर्नका लागि हालसम्म फ्रान्स, बेलायत, मौरिसियस, फिनल्यान्ड र भारत गरी ५ मुलुकहरूसँग विप्पा सम्झौता भएको तथा एघार मुलुकहरूसँग दोहोरो करमुक्तिका लागि सम्झौता भएको मन्त्री रिजालले बताए ।

सरकारले तोकेको क्षेत्रहरूमा स्वचालित प्रणालीबाट रू. १० करोडसम्मको वैदेशिक लगानी गर्ने लगानीकर्ताको विदेशी लगानीको स्वीकृति विद्युतीय माध्यमबाट स्वचालित प्रणालीबाटै हुने व्यवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०८० मन्त्री रिजाले जानकारी दिए । “लगानीकर्ताहरूका लागि एकै स्थलबाट सबै सेवाहरु प्रवाह गर्न उद्योग विभागमै एकल विन्दु सेवा केन्द्रको स्थापना गरिएको छ,” उनले भने । वैदेशिक लगानीको थ्रेसहोल्डलाई ५ करोडबाट घटाई २ करोड बनाइएको उनले जानकारी दिए। नेपालको दिगो अर्थतन्त्रको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सरकारको प्राथमिकतामा मन्त्री रिजालको भनाइ थियो ।

पोटेन्सियल इन्भेस्टमेन्ट सेक्टर्स अफ नेपाल फर सस्टेनेबल इकोनिमी कार्यक्रमको सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । पोटेन्सियल इन्भेस्टमेन्ट सेक्टर्स अफ नेपाल फर सस्टेनेबल इकोनिमी कार्यक्रमको सेसन मन्त्री रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once