Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ दुई घण्टा प्रशासनको नियन्त्रणमा

spot_img

वीरगंज । घुस मागेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निणर्य अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा राखिएको जनाइएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालयमा भएको निणर्य बमोजिम जग्गा नापजाँच गरिदिन पटक-पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आउनुभएको थियो । महानगर प्रमुख सिंहले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई काम गर्न आलटाल गरेको र घुस माग गरेको जानकारी दिएसँगै नापी प्रमुख श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा राखिएको जनाइएको छ । नापी प्रमुख श्रेष्ठले आम सेवा ग्राहीलाई पनि दुःख दिने, घुस माग गर्ने गरेको सूचना आफूसँग आएको र महानगर प्रमुखले नै यसबारे जानकारी गराएपछि आफूले नापी प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

महानगर प्रमुखले सार्वजनिक जग्गा नापी गर्न पटक-पटक आग्रह गरे पनि विभिन्न बहाना बनाउने श्रेष्ठले आम सर्वसाधारण सेवाग्राहीसँग पैसा नलिई काम नगर्ने प्रवृत्ति देखिएपछि उहाँलाई नियन्त्रणमा लिइएको थियो । नापी प्रमुखलाई दुई घण्टा नियन्त्रणमा लिएको र महानगर प्रमुखसँग सहमति भएपछि छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महानगर अन्तर्गतको नगर विकासको जग्गामा रहेको सडकको नापजाँच एक हप्ता भित्रमा सक्ने सहमतिपछि नापी प्रमुख श्रेष्ठलाई छाडिएको छ । आउँदा दिनमा सेवाग्राहीलाई झुलाउने र दुःख दिने प्रवृत्ति नदोहोर्‍याउने कागज बनाएर श्रेष्ठलाई छाडिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

यता महानगर प्रमुख सिंहले नापी प्रमुखले प्रमुख जिल्ला अधिकारीकै रोहबरमा भएको निणर्य बमोजिम काम गर्न आलटाल गरेपछि कारबाहीका लागि आफूले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once