Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

होल्डीङ सेन्टरको सांसद यादव र मेयर सिंहद्वारा अनुगमन

spot_img

वीरगंज । प्रयोगबिहिन होल्डीङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन् । वीरगञ्जको भन्सार क्षेत्रमा निर्मित होल्डीङ सेन्टरको स्थलगत अनुगमनका क्रममा सांसद यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहिन अवस्थामा राख्न नहुने बताए । कोभिड-१९ को महामारीका समयमा भारतबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने यात्रुहरुलाई चेकजाँच तथा क्वारेन्टिनलगायतका कार्यका लागि निर्माण गरिएका संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले बताए ।

उनले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धीत निकायसँग समन्वय गर्नेछु ।’ नेपाली सेनाले निर्माण गरेको होल्डीङ सेन्टरको उपयोगका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अनुगमन टोलीमा सहभागी रहेका प्रमुख सिंहकाअनुसार महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once