Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
18.1 C
Kathmandu

श्रमिक दिवसकाे अवसरमा आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर

spot_img

वीरगंज । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगञ्जसँगको सहकार्यमा वीरगञ्जस्थित माईस्थान पार्कमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अस्मिता उपाध्याय द्विवेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रन्जन कुमार झा, फिजिसियन डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ डा. राजेश स्वर्णकार र मेडिकल अफिसर डा. भुनेश कुमार बादल लगायतका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार सेवा प्रवाह गरेका थिए ।

शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिएकाे सानाे पाइलाले जनाएकाे छ । सानाे पाइलाका अनुसार शिविरमा नसर्ने रोगका बिरामीहरु सबभन्दा बढी सहभागि भएका थिए । शिविरमा सहभागि सबै बिरामीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत व्यवस्थापन गरिएको थियो । नेशनल हेल्थकेयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो । शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्यार्थीहरुको प्राविधीक सहयोग रहेको थियो ।

हाम्रो समुदायको ठूलो हिस्सा अहिले पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ । सहज सेवा प्रवाह नहुँदा कतिपयले आफ्नो स्वास्थ्यप्रति पर्याप्त चासो दिन सकिरहेका छैनन् । कयौंले आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन्। यो अवस्थाबाट यहाँको समुदाय पनि अछुतो छैन । यसै अवस्थालाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरिएकाे सानाे पाइलाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । यस कार्यक्रममा संस्करणहरु जिल्लाका ग्रामीण भेगमा पनि सञ्चालन गरिने योजना रहेकाे सानाे पाइलाद्वारा जारि विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once