Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

अनैतिक सम्बन्ध थाहा भएपछि युवककाे हत्या, फरार दम्पती पक्राउ

spot_img

वीरगंज । बारा प्रहरीले एक युवककाे हत्या आराेपित फरार दम्पतीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भिस्वा निवासी २४ बर्षिय रामु भन्ने कैलाश महताे र उनकी श्रीमती २० बर्षिय राेशनी भन्ने हिरा देवीलाई रहेका छन् ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा २०७९ मंसिर २७ गते राती एक युवककाे शव फेला परेकाे थियाे । साे शव बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहकाे थियाे । उनकाे शव कर्तव्य गरी मारी मृतककाे लाश लुकाई छिपाई राखेको अवस्थामा प्रहरी फेला परेको थियाे ।

प्रहरीका अनुसार प्रतिवादी रोशनी र मृतक सुरज लिभिङ टुगेदरमा रोशनी कै कोठामा बस्दै आएका थिए । सुरज  र रोशनी बिच बिवाह गर्ने कुरा समेत चलेकाे थियाे । तर रोशनीकाे पहिला नै बिवाह भई छोरी समेत रहेकाे हुँदा सुरजकाे घर परिवारका मानिसहरुले बिवाह गर्न मानेका थिएनन् । त्यसैबिच घटना भएकाे मिति २०७९ मंसिर २७ गते राती रोशनी र सुरजलाई रोशनीका श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेका थिए । त्यसै क्रममा मृतक सुरज र राेशनीका श्रीमान रामु बिच विवाद भएकाे थियाे ।

बिवाद कै क्रममा निज श्रीमान श्रीमतीले सुरजलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतककाे लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागेका थिए । भागने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिएकाे थियाे । खाेजतलाश कै क्रममा मिति २०८० बैशाख ०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु र निजको श्रीमती रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्म प्रसाद पाण्डे वताए ।

निजहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेदेखि नै लागु हुने गरी ७ दिनको म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once