Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र स्थापना गरिने

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र महानगर पालिकाले चाँडै स्थापना गर्ने बताएका छन् । महानगरपालिकाकाे वडा नं. ५ वडा समितिको आयोजनामा मातातीर्थ औसी आमाको मुख हेर्ने कार्यक्रलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे वताएका हुन् ।

उनले आमाहरुको सम्मान र साथ सहयोग गर्न वीरगंज महानगरपालिका तत्पर रहेको बताउँदै आफ्नो घरआंगन, टोल र नगरको सरसफाइमा लाग्न आग्रह समेत गरे । वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ महिलाहरुलाई मेयर सिंहले सम्मान गरेका थिए । आमा समुहको सहयोगमा आयोजित कार्यक्रममामा ठुलो संख्यामा माहिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे, प्रहरी निरीक्षक विदुर सापकोटा, मानवअधिकारकर्मी कृष्ण खनाल, आमा समुहको अध्यक्ष जुली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once