Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

उद्योगमन्त्री रिजाललाई गृह गाउँमा भव्य स्वागत तथा सम्मान

spot_img

वीरगंज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई गृह गाउँ पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न‌ं. ५ मसिहानी, धर्मपुरमा भव्य स्वागत तथा सम्मान गरिएकाे छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह गाउँ धर्मपुर पुगेका रिजाललाई एक कार्यक्रमकाे बिच भव्य स्वागत तथा सम्मान गरिएकाे हाे । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले आयाेजना गरेकाे कार्यक्रममा नवनियुक्त मन्त्री रिजालाई ५१ किलाेकाे फुलकाे मालाले स्वागत तथा सम्मान गरिएकाे थियाे ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए । मन्त्री रिजालले हरबखत आफुलाई मार्गदर्शन गर्न एव सचेत गराउन समेत जिल्लाबसीलाई आग्रह गरेकाे उनकाे स्वकिय सचिव राकेश यादवले वताए । क्षेत्रिय सभापति एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चाैधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती श्रेष्ठ, जिल्ला उपसभापति रामनारायण कुर्मी, कांग्रेस पर्साका सचिव एवम् वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस पर्साका सहसचिव नवीन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

यस अघि पनि मन्त्री रिजाललाई बाराको सिमरा विमान स्थलमा भव्य स्वागत गरिएको थियाे । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आउने क्रममा आइतबार सिमरा विमानस्थलमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मन्त्री रिजाललाई भव्य स्वागत गरेका थिए । त्यसपछि उनी पार्टी कार्यालय हुँदै गृह गाउँ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once