वीरगंज । मधेश प्रदेश सांसद प्रमोद जयसवालले बारा – २ का उम्मेदवार उपेन्द्र यादवलाई मतदान गर्न आग्रह गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद जयसवालले सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई मतदान गर्न आग्रह गरेका हुन् । उनले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव विजयी भएमात्रै नगरिकता लगायतका मधेशका सवालहरू र संघीयता कार्यान्वयनका बाँकी काम पूरा हुने भएकाले वैशाख १० गतेको उपनिर्वाचनमा विजयी गराउन अपिल गरेका हुन् ।
‘मधेश आन्दोलनको नेतृत्व गरी मधेशका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गर्दै आउनु भएका उपेन्द्र यादवको संघीय संसदमा उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका मधेशका सवालहरू र संघीयता कार्यान्वयनका बाँकी कार्यहरू पूरा हुन सक्ने भएकाले तथा प्रदेशसभाबाट पनि हामी प्रदेश सांसदहरूले उठान गर्ने विषयहरू समाधान गराउन समेत केन्द्रिय तहमा अभिभावकीय भूमिका खेल्न उहाँको सदनमा अपरिहार्य आवश्यकता देखिएकाले उहाँलाई स-गौरव सदनमा पठाई बारा, पर्सा, रौतहटलगायतका सबैको सम्मान बढाउन हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।





