Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार, सांसद यादव र मेयर सिंहद्वारा उद्घाटन

spot_img
वीरगंज । नयाँ बर्षकाे अवसरमा वीरगंजमा रात्री बजार लागेकाे छ । वीरगंजमा महानगरपालिकाकाे आयाेजना लागेकाे रात्री बजारकाे बिहिबार एक कार्यक्रमकाे बिच पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव एवम् वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
३ दिने रात्री बजारकाे उद्घाटन गर्दै सांसद यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा रात्री बजारकाे आयोजना गरेकाे महानगरपालिकालाई धन्यावाद दिए । उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्या आयोजित रात्री बजारबाट कोभिड -१९ महामारीले थलिएको वीरगंज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्याउँदै अर्थतन्त्रलाई पुन: चलायमान बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।
आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्री बजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु राखिएकाे छ । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहेका छन् । साथै रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन आयाेजकले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once