Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

कालिकामाईमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु, अध्यक्ष गुप्ताले गरे उदघाटन

spot_img
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सुरु भएकाे छ । देशभर जस्तै कालिकामाई गाउँपालिकाले पनि वैशाख १ देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाउन थालेकाे हाे ।  घटना दर्ता सप्ताहकाे एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले उदघाटन गरेका हुन् ।
कालिकामाई गाउँपालिकाको पञ्जीकरण शाखाले आयोजना गरेको साप्ताह व्यापी कार्यक्रमकाे ब्यानर पढेर गाउँपालिका अध्यक्ष गुप्ताले उदघाटन गरेका थिए ।  गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ताकाे सभाहलमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष गुप्ताले घटना दर्ता सम्बन्धि जनचेतना अभिवृद्धि गर्न सन्देशमूलक होर्डिङ्ग बोर्ड गाउँपालिका भित्र लगाउने प्रतिवद्धता जनाए । साथै उनले स्थानिय संचार माध्यमबाट प्रचार प्रसार गराउने समेत बताए ।
प्रत्येक वडाको वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता सम्बन्धि सन्देशमूलक ब्यानर राख्नुकाे साथै प्रभातफेरी आयोजना गर्ने याेजना रहेकाे पञ्जीकरण शाखाका प्रमुख भेष साहले बताए ।
गाउँपालिका अध्यक्ष गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्षका प्रतिनिधि राधाकृष्ण चाैरसिया, वडाध्यक्ष लालबाबु चाैरसिया, साेनालाल चाैरसिया, जयनारायण कुर्मी, वडा सचिव, पालिकाको विभिन्न शाखामा कार्यरत शाखा प्रमुख, कर्मचारी, समाजसेवी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पञ्जीकरण शाखाका एम.आई.एस. अपरेटर लक्ष्मण साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once