Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

पकहाँ मैनपुरमा उपाध्यक्ष कन्या विवाहकाे अनुदान २६ जनाले पाए

spot_img

वीरग‌ज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले उपाध्यक्ष कन्या विवाह अनुदान कार्यक्रम लागु गरेकाे छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को योजना अन्तर्गत उमेर पुगेर विवाह गर्ने महिलालाई प्राेत्साहन गर्न विवाह अनुदान कार्यक्रम लागु गरिएकाे उपाध्यक्ष सर्फुन नेसाले वताइन ।

विवाह अनुदान कार्यक्रम अन्तर्गत नै बिहिबार एक कार्यक्रमकाे बिच २६ जना कन्यालाई ४५ हजारका दरले चेक हस्तान्तरण गरिएकाे छ । गाउँपालिकाको सभाहाल भएकाे कार्यक्रममा २६ जनालाई ११ लाख १७  हजारको चेक हस्तान्तरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

उपाध्यक्ष सर्फुन नेसाको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष सुरेश मेहताको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा २० बर्ष उमेर पुगेर बिवहा गर्ने २६ जनालाई अभिभावककाे राेहबरमा अनुदान रकमकाे चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले बताए ।

बालबिवाह, न्युनिकरण तथा अन्तका लागी गाउँपालिकामा उपाध्यक्ष कन्या विवाह अनुदान कार्यक्रम लागु भएपछि पालिकाका ५ वटै वडामा २० बर्ष पुगेर मात्रै विवाह गर्ने चल्नको विकास भएकाे छ । बालविवाहले गर्दा शारिरिक, मान्सिक, आर्थिक तथा समाजिक विकासका साथै शिक्षामा हुने नोक्सानीको यो कार्यक्रमले निरुत्साहित गरेको वक्ताहरुले वताएका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष मेहताले कन्या विवाह अनुदान कार्यक्रमले शिक्षाको सवाललाई पनि धेरै मदत गरेको वताए । उनले २० बर्ष घरमा बसेर कुर्नु भन्दा २० बर्ष सम्म अध्ययन अध्यापन गरी जीवनमा खुशी तथा सुख प्राप्त गर्नु नै राम्राे हुने वडा नम्बर १ धोरेकी संगीता कुमारी सोनीले बताईन ।

कार्यक्रम अन्तर्गत ३ जना दलित, २ जना मुस्लिम र २१ जना पिछडा बर्गका कन्याहरुले अनुदानकाे रकम पाएका छन् ।

२० बर्ष पारी भई बिहे गर्ने पुजा कुमारी राम, सबिना खातुन, अफसाना खातुन, शान्ति कुमारी राम, प्रियंका कुमारी, बिभा कुमारी, चान्दनी कुमारी लगायत २६ जनालाई अनुदान रकमकाे चेक हस्तान्तरण गरिएकाे हाे ।

कार्यक्रममा पूर्व गाविस अध्यक्ष नसुरल्लाह मियाँ, कांग्रेस नेता लक्ष्मण पटेल, वडा नम्बर १ का वडाध्यक्ष बलिराम चौरसिया, प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाह, कार्यपालिका सदस्य रामावती देवी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा राकेश कुश्वाहा, समाजसेवी बिरेन्द्र यादव, कार्यपालिका सदस्य नेक महम्मद मियाँ, रामबहादुर साह लगायत कन्या र अभिभावक सहित कर्मचारीहरुको सहभागीता रहेको थियो भन्ने कार्यक्रमकाे संचालन अनिल साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once