Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
26.1 C
Kathmandu

शिवम् लेयर्स फर्म बन्द नै गर्नु पर्ने स्थानियकाे अडान

spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा सञ्चालित शिवम् लेयर्स फर्म प्रालि बन्द गर्नुपर्ने भन्दै स्थानियले विरोध गरेका छन् । उद्योगलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले बुधबार शिवम् लेयर्सको मुलगेट अगाडी धर्ना दिनुको साथै प्रदर्शन समेत गरेका हुन् ।

उद्याेगले पालना गर्नु पर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गर्दा समेत उद्योगले अटेर गरेपछि गाउँपालिकाले चैत ९ गते १५ दिन भित्र उद्याेग बन्द गर्न निर्देशन दिएकाे थियाे । म्याद सक्न एक दिन वाकी रहँदा उद्योगले ८० प्रतिशत मापदण्ड पुरा भएको तथा झिङगा दुर्गन्ध लगायत नियन्त्रणमा आईसकेको गाउँपालिकालाई जानकारी गराउँदै उद्याेगकाे अनुगमन गरिदिन आग्रह गरेकाे थियाे ।

उद्याेगकाे आग्रह अनुसार बुधबार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे प्रतिनिधि लिएर अनुगमन गर्न पुगेकाे थियाे । अनुगमन कै क्रममा जम्मा भएका स्थानियहरुले उद्याेगकाे दुर्गन्धका कारण जनजिवन प्रभावित भएकाे भन्दै बन्द गर्न अडान राखेका थिए ।

उद्योग प्रशासनका कर्मचारी तथा संचालक शिवजी कलवारले उद्योगका कारण केही नभएकाे वताउँदै प्रमाण दिन भनेपछि आक्राेशित स्थानियहरुले संचालक कलवार तथा उद्योगका कर्मचारीहरुलाई धक्का मुक्का गर्दै उद्याेगकाे गेटमा ताेडफाेड समेत गर्न थालेका थिए । त्यसपछि केही बेर तनाव समेत भएकाे थियाे ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत समेत सहभागिता रहेकाे अनुगमन टोलीले पनि उद्योगले दावी गरे बमोजिमको अवस्था नभेटिएको बताएकाे छ ।

अनुगमनकाे क्रममा उद्याेगले दाबी गरे अनुसार वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गरेकाे नभेटिएकाे गाउँपालिका अध्यक्ष दिनेश चाैधरीले वताए । उनले उद्याेग बन्द गर्न दिइएकाे निर्देशन उद्याेग संचालकले पालना नगरेपछि अब कानुनी सल्लाहकारबाट सल्लाह गरेर अगाडी बढने वताए ।

स्थानियबासीकाे स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालकाे उद्याेग गाउँपालिकाले संचालन गर्न नदिने उनले वताए । उद्याेगले पालना गर्नु पर्ने वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न लामाे समयदेखि उद्याेगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएको उनले वताए ।

शिवम् लेयर्स उद्याेग बन्द गर्ने अवस्था नै रहेकाे गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले वताइन । उनले उद्याेग संचालन गर्न समयमा पुर्याउनु पर्ने कानुनी परक्रियाहरु समेत उद्याेगले नपुर्याएका कारण बन्द नै गर्नु पर्ने वताइन ।

उद्याेग नसचिएका कारण बन्द नै हुनु पर्ने वडाध्यक्ष विजय गैरेले वताए । उनले भने “हामी समस्यामा छाैं, उद्याेगकाे दुर्गन्ध र झिंगाका कारण हाम्राे जनजिवन प्रभावित छ‍ । विगत ३ बर्षदेखि हामीले सच्याउन भन्दै आएका छाैं, तर उद्याेग संचालनले अटेरी गर्दै आएकाे छ । जनताकाे स्वास्थ्यसंग खेल्वाड गर्न पाइदैन त्यही भएर बन्दै नै हुनु पर्छ ।”

अनुगमन समितिले दिएकाे प्रतिवेदन अनुसार निर्णय लिने प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताए । अझै पनि प्रचलित कानुन अनुसार उद्याेगले पालना गर्नु पर्ने मापदण्ड उद्याेगले पालना नगरेका पाइएकाे उनले वताए ।

उद्याेगकाे दुर्गन्ध र झिंगाबाट जनजिवन नै प्रभावित

उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी फैलने जाेखिम बढेकाे छ ।

उद्योगले फैलाएको दुर्गन्ध र झिँगाबाट वरिपरिकाे बस्ती प्रभावित छ । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।

उद्याेगले फैलाएकाे दुर्गन्ध र झिंगाका कारण आफन्तहरु घरमा आउँदा पनि खाना नखाने, बसन नमान्ने, कसैले छाेरा छाेरीकाे विवाह पनि उद्याेग वरपरकाे बस्तीमा गर्न नचाहने लगायतकाे समस्याहरु समेत सृजना भएकाे स्थानियहरुकाे दु:खेसाे छ ।

उद्याेगले ३ महिनामा एकपटक सुल सफाइ गर्दै आएकाेमा अब हप्तामा दुई पटक सफाई हुँदै आएकाे जनाएकाे छ । तर पनि उद्याेगबाट फैलेकाे दुर्गन्ध र झिंगा नियन्त्रण नभएकाे स्थानियहरुकाे भनाई छ ।

उद्याेगबाट सृजना भएकाे ८० प्रतिशत समस्यामा समाधान भएकाे उद्याेगका संचालक शिवजी प्रसाद कलवारले दाबी गरे । उद्याेग वाणिज्य संघकाे काेषाध्यक्ष समेत रहेका उनले अहिले बसन्त रितुकाे माैसम रहेका कारण पनि झिंगा फैलेकाे वताउँदै वाकी समस्या १५ दिनमा समाधान गरिने वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once