Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

बारा २ मा आम जनता पार्टी जित्छ : अध्यक्ष साह

spot_img

वीरगंज । आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक अफ्ठेरोमा पर्दै गएको बताएका छन ।

आम आदमी पार्टीद्वारा शुक्रबार जनकपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको बताए ।

वैशाख १० गते हुनलागेको उपनिर्वाचनमा बारा-२ मा आफ्नो पार्टीको उम्मेदवार विजयी हुने उनले दावी पनि गरे । उनले भने, “बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला हो । यहाँका जनताले आम नागरिक, कृषक, मजदुर र गरिबको आवाज उठाउने आम जनता पार्टीका उम्मेदवारलाई जिताउँछन् ।”

कार्यक्रमलाई आम आदमी पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री बद्रि न्यौपाने,  उपमहासचिव एवम् पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाह लगायतले सम्बोधन गरेका थिए । भेला पछि पार्टीले जनकपुरमा ७५ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once