Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

परवानीपुरमा वाईसिलएलको कमिटी गठन

spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा बिहीबार वाईसिलएल नेपालको वडा कमिटी गठन भएको छ । सन्दिप पटेलको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटी गठन भएको हो ।

जसको सह संयोजकमा सरवण कुमार सोनार, सचिवमा अजय कुमार पटेल, सह सचिवमा रवि कुमार पासवान, कोषाध्यक्षमा विजय कुमार कानु, सदस्यहरुमा प्रकाश पासवान, मुकेश पटेल, सलेन्द्र पटेल, सत्यप्रकाश पासवान, अवधेश पटेल, विशाल राम लगायतका चयन भएका छन् ।

नव गठित कमिटीलाई नेकपा माओवादी केन्द्रका नेता लालबहादुर पटेलले शुभकामना दिँदै कमिटीले नयाँ जोस र जाँगरको साथ काम गर्ने विश्वास व्यक्त गरे । उनले आउने दिनमा यस कमिटीले अझै युवाहरुलाई समेट्दै अगाडि बढ्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

कार्यक्रममा वडा नं ५ का निर्वाचित वडा सदस्य दारा सिंह पटेलले शुभकामना दिँदै आफू यो कमिटीको हरेक कार्यक्रममा सहभागिता जनाउने र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी वाईसिलएल नेपालका बारा जिल्ला संयोजक शुभनारायण पटेलले शुभकामना दिँदै यो कमिटीको विकाशको लागि आफहरुको साथ र सहयोग निरन्तर रुममा रहने प्रतिबद्धता जनाए । उनले यो कमिटी कागजमा मात्र सीमित न राखेर यो वडामा नयाँ किसिमको कार्यक्रमहरु संचालन गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अजय पटेल,रामेश्वर पटेल, सुनिल पटेल लागयतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once