Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

बैंककाे चर्काे व्याजकाे विरुद्धमा वीरगंजमा प्रदर्शन

spot_img

वीरगंज । बैंक लघुवित, सहकारीकाे ज्यादति र चर्काे ब्याजदरविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र मानव बचाऊ अभियान कार्यक्रम अन्तर्गत ऋणी व्यपारीहरु प्रर्शन गरेका हुन् ।

स्थानीय चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र राप्रपाका नेता नरेश साहको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गरेकाे थियाे । व्यापारी जाेगाउ देश बचाउ, व्याज तिर्नेहरु सडकमा व्याज लिनेहरु महलमा, जे गर्छु नेपाल मै गर्छु, गरी खान देउ, ये सरकार हाम्राे मत के काे लागि थियाे ?, इज्जत लिने अधिकार बैंकलाई कसले दियाे ? लगायतकाे नारा लेखिएकाे प्याले कार्ड सहित स्थानिय व्यपारीहरु र्‍यालीमा सहभागि भएका थिए ।

बैंकको चर्काे ब्याजको शिकार भएर ९० प्रतिशत व्यापारीहरु लिलामीकाे लाइनमा रहेकाे वताए । उनले ऋण लिंदा ब्याजदर आठ प्रतिशत रहेको तर अहिले सोही ऋणको ब्याजदर बैंकले १६ प्रतिशतसम्म निर्धारण गरेर असुलउपर गरिरहेको कारण व्यापारीहरूलाई ठूलो मर्का परेको बताए ।

उनले व्यापारीहरू ऋणको साँवा–ब्याज तिर्न तयार रहेको तर चर्काे ब्याज मिनाहा हुनुपर्ने माग राखे । हामीले ऋण तिर्दैनौं भनेका छैनौं तर बैंकहरूले ऋण असुलीका नाममा व्यापारीको घरमा गार्डहरू तैनाथ गरेर मानसिक तनाव बढाएको र कतिपय व्यापारीहरूले आत्महत्या गरेको बताए ।

उनले भने “आजकाे स्थितीमा कुनै पनि व्यापार चलेकाे छैन्, व्यापार नचलेका कारण सबै व्यापारीहरु मर्कामा छन् तर बैंककाे व्याज माथि व्याजकाे कारण आत्महत्याकाे अवस्था सृजना भएकाे छ । चौरसियाले बैंकको ब्याजदर एक अङ्क अर्थात नौ प्रतिशतमुनि हुनुपर्ने तर्क गरे ।

राप्रपाका नेता नरेश साहले रु बीस लाखसम्मका ऋणीहरूको ऋण माफी गरिनुपर्ने बताए । उनले बैंकको व्याजदर ५ प्रतिशत कायम हुनु पर्ने वताए । उनले व्याज तिर्न वाकी रहेकाे व्यापारीलाई व्याज तिर्न समय दिनु पर्ने समेत वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once