Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

यातायातबाट पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहारको मुद्दा

spot_img

वीरगंज । सेवाग्राहीलाई दुख दिएको आरोपमा नारायणी यातायात व्यावस्था कार्यालय वीरगंजबाट पक्राउ परेका ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई दुख दिएर हैरानी गर्ने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोर कुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथाकीले जानकारी दिए ।

सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल लिएर भित्र–बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा मंगलबार उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once