Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

मठ मन्दिरकाे संरक्षणका लागि महन्तहरु भेटे प्रधानमन्त्री

spot_img

वीरगंज । जनकपुरधामकाे जानकी मन्दिरका महन्तहरुकाे एक टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड कै कार्यकक्ष मै पुगि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास लगायत विभिन्न मन्दिरका पुजारी सन्तहरु भेटघाट गरेका हुन् ।

मधेश प्रदेशका उद्याेग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीकाे उपस्थितीमा भएकाे भेटघा‍टमा जानकी मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा रहेका मठ मन्दिरसंग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संबर्धनका विषयमा छलफल भएको हाे ।

छलफलकाे क्रममा संतहरुले उठाउनुभएका विषयहरुप्रति प्रधानमनन्त्री ज्यूले गहिरो चासो लिॅंदै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिनुभएकाे राज्यमन्त्री अन्सारीले वताए ।

साथै धर्म संग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने कुरा वहाँले हामी समक्ष राख्नूभएकाे मन्त्री अन्सारीले जानकारी गराए ।

भेटघाटकाे क्रममा महन्त तथा सन्तहरुले प्रधानमन्त्री प्रचण्डलाई मायाकाे चिन्हाे रुपमा जानकारी मन्दिरकाे तस्बिर समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once