Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

सडक विगारेकाे भन्दै टेलिकम कार्यालयमा महानगरले फाल्यो फोहोर

spot_img

वीरगंज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगंज महानगरपालिकाले वीरगंजस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको प्रादेशिक निर्देशनालयकाे कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।

वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्र्याक्टर फोहर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ ।

टेलिकमले अप्टिकल फाइबार विच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब पाँच किलोमिटर कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको र पटकपटक सडक मर्मत गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहर फाल्नुपरेको महानगरप्रमुख राजेशमान सिंहले बताए ।

कार्यालयमै फोहर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने उनकाे भनाई छ । गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति जनाएकामा हालसम्म पनि सहमति कार्यान्वयन नगरेकाले यस्तो गरिएको महानगरप्रमुख सिंहले बताए ।

टेलिकम कार्यालयद्वारा कारवाहीकाे माग

यसैबिच फाेहाेर फाल्नेहरु विरुद्ध कारवाहीकाे माग गर्दै टेलिकमकाे प्रादेशिक निर्देशनालयकाे कार्यालय वीरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी हिरा रेग्मीलाई ज्ञापन पत्र बुझाएकाे छ । आवश्यक कारवाही सम्बन्धमा ।

टेलिकमका कर्मचारीहरुमा डरत्रासको वातावरण सिर्जना भएकोले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्दै अमर्यादित र अमानवीय कार्य गर्ने पक्षहरुलाई कानून बमोजिम कारवाही गरी कार्यालयको काम गर्ने वातावरण सहज बनाईदिनहुन अनुरोध गरिएकाे टेलिकमकाे प्रादेशिक निर्देशनालयका प्रमुख अनन्त प्रकाश मल्लिकले वताए ।

साे ज्ञापन पत्र मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, जनकपुरधाम, नेपाल टेलिकम, प्रबन्ध निर्देशककाे कार्यालय, केन्द्रिय काठमाण्डौ, नेपाल टेलिकम प्रमुख संचालन अधिकृतकाे कार्या प्लाजा, काठमाण्डौ, बीरगंज महानगरपालिकाको कार्यालय तथा नगर प्रमुख र जिल्ला प्रहरी कार्यालय, पर्सालाई समेत बाेद्धार्थ गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once