Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

सहकारी बलियो बनाउन महानगर तयार छ : मेयर सिंह

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सहकारी बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताएका छन् ।

६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताए ।

उनले तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

कार्यक्रममा महानगरका उप मेयर इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सकारी संचालकले बदमासी गर्न नहुने बताए ।

कार्यक्रममा नेफस्कुनका हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताए ।

कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर काेण सभामा परिणत भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once