Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

लोसपा पर्साका सचिवसहित दर्जनौँले गरे जनमतमा प्रवेश

spot_img

वीरगंज । जनमत पार्टी पर्साको पार्टी प्रवेश कार्यक्रम शनिवार सम्पन भएको छ । वीरगंजस्थित क्लासिक बान्क्वेटमा भएकाे कार्यक्रममा लोसपाका पर्साका जिल्ला सचिव राजनारायण मिश्रासहित दर्जनौँ नेताहरुले पार्टी त्याग्दै जनमतमा प्रवेश गरेका हुन् ।

मिश्रासहित लोसपा महिला संगठनकी जिल्ला अध्यक्ष अञ्जना गुप्ता, वीरगंज महानगर सचिव सञ्जय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह, रेखा सरार्फ, विणा श्रीवास्तव लगायत १२० जानाले जनमत पार्टी प्रवेश गरेको पार्टीका जिल्ला संयोजक ओमप्रकाश सर्राफले जानकरी दिए ।

जिल्ला संयाेजक सर्राफकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, नेता सुजित चाैरसिया, नजमा खातुन, नरेश पटेल, दिपेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबिच जनमत पार्टीले प्रेस जनमत संघ पनि गठन गरेको छ । स्थानीय सञ्चारकर्मी मुन्ना ठाकुरको अध्यक्षतामा ९ सदसिय संघ गठन भएको सर्राफले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once