Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
23.1 C
Kathmandu

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई महानगरद्वारा भव्य स्वागत

spot_img

वीरगंज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ । विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर वीरगन्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख ( ब्याट्स म्यान तथा विकेट किपर) लाई वीरगन्ज महानगरले भव्य स्वागत गर्दै सम्मानित पनि गरेको हो ।
आइतबार वीरगन्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् । मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मानित गरे । त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगन्ज महानगरले यहि चैत १७ गते वीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।
उक्त समारोहमै यसअघि वीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने पनि उनले बताए । मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गरे । आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले वीरगन्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर वीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताए ।
उनले वीरगन्जका यी दुइ खेलाडी राष्ट्रकै गहना बनेका छन् , यिनीहरुको हौसला बढाउन वीरगन्ज महानगरले कुनै कसर बाँकी राख्दैन । महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए । आसिफले भने, ‘गहृनगरमै यति भव्य सम्मान पाउदा खुशीले मन गदगद् भएको छ, आउने दिनमा देशको नाम रोशन गर्न अझ हौंसला थपिदिएको छ ।
सन्चारकर्मीलाई प्रतिक्रिया दिदै शेखद्वयका बुबा शेख सलामले आफना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुरयाउदाँ आफु पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले भने,‘ मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरु यो देशकै छोरा भएका छन् ।
आइतबारको सम्मान कार्यक्रममा वीरगन्ज महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, सुरेश गुप्ता, जगत साह कानु लगायतको सहभागिता थिया े।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once