Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

दोस्रो परवानीपुर गोल्डकप : वीरगंज युनाईटेड क्लब फाईनलमा प्रवेश

spot_img

वीरगंज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगंज युनाईटेड क्लब वीरगंज जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ । परवानीपुर खेल मैदानमा आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई हराउँदै वीरगंज युनाईटेड क्लब वीरगंज फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा परवानीपुर युथ क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै वीरगंज युनाईटेड फाईनलमा प्रवेश गरेको आयोजक क्लबका उपाध्यक्ष रवि रामले जानकारी दिए ।
खेलको म्यान अफ दि म्याच परवानीपुर युथ क्लब परवानीपुरका जर्सी नम्बर ८ का खेलाडी मुन्ना चौधरीले पाएका थिए । उनलाई आयोजक क्लबका पदाधिकारी र सदस्यहरुले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।
९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । सुरुदेखि नै रोमान्चक भएको खेलमा गोल हुन सकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । दोस्रो सेमिफाईनल खेलमा गोरखा फुटबल क्लब सर्लाही र जनकपुर स्पोर्ट क्लब जनकपुर भिड्ने छन ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once