Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं :मेयर सिंह

spot_img

वीरगंज। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ग्रेटर वीरगन्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन यहाका उद्योगी व्यपारीसंग आग्रह गरेका छन् ।आइतबार आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।
यहाको नीजी क्षेत्रले करिब डेढ दशक पहिले नै ग्रेटर वीरगन्जको अवधारणा ल्याएको भएपनि उक्त अवधकारणा अहिले सम्म नारामै सिमित रहेको गुनासो उनले गरे । मेयर सिंहले ग्रेटर वीरगन्जको अवधारणालाई कार्यान्वयनमा ल्याउन नीजी क्षेत्रले पहलकदमी लिए त्यसमा हातेमालो गर्न वीरगन्ज महानगर तयार रहने प्रतिबद्धता पनि जनाए । मेयर सिंहले भने ,‘ ग्रेटर वीरगन्जको अवधारणा ल्याइएको करिब १५ वर्ष वितिसक्यो तर अहिले त्यसको कुनै अत्तोपत्तो नै छैन , त्यसकारण म यहाका उद्योगी व्यवसायीलाई आग्रह गर्छु आउनुस् त्यो अवधारणालाई अब साकार परौं , महानगर हातेमालो गर्न तयार छ ।
अब आउने संघको नेतृत्वले यसका लागि पहलकदमी लिने अपेक्षा आफुले गरेको पनि उनले बताए ।मेयर सिंहले नीजी क्षेत्रको साथ बिना वीरगन्जको मात्र नभइ देशको विकास पनि सम्भव नभएको बताए । त्यसका कारण नीजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारलाई उनले आग्रह पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once