नेकपा एमालेका प्रभावशाली नेता कन्हाई राउत कुर्मी चुनावको मुखमा लोसपामा प्रवेश

spot_img

वीरगञ्ज, १९ कार्तिक ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका प्रभावशाली नेता कन्हाई राउत कुर्मी चुनावको मुखमा लोसपामा प्रवेश गरेका छन् । पुर्व वडा सदस्य समेत रहेका कुर्मी शनिबार एमाले पार्टी प्रत्याग गरि लोसपामा प्रवेश गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष एंव पूर्व मन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । कुर्मी जस्ता एमालेका प्रभावशाली नेताको प्रवेशले लोसपामा ठुलो उर्जा थपिएको भन्दै सोनलले बारा ४ मा अरु पनि दलका नेता कार्यकर्ताहरु लोसपा प्रवेशको तयारीमा रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once