वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. – २४ बहुअरी चोकस्थित ड्राईपोर्टमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । पोखरिया नगरपालिकाकाे वडा नं. – १, वनकटवा निवासी ६० बर्षिय विगा रामकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार विहान ११:०० बजे ड्राईपोर्टबाट परवानिपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री रामलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
दुर्घटना बारे जानकारी हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले घाईते रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएकोमा चिकित्सकले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
ठक्दर दिने लहरी र चालक वीरगंज महानगरपालिका वडा नं. – १९, बिन्दवासिनी निवासी २४ बर्षिय सुजित यादवलाई नियन्त्रणमा लिएर मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।





