Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
20.8 C
Kathmandu

पर्साको कालिकामाई गाउँपालिकाको ८औ गाउँसभा शुक्रबार सम्पन्न

spot_img

राजन कुमार बानिया
पर्सा, ३१ भदाै
पर्साको कालिकामाई गाउँपालिकाको ८औ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ ।असार १० भित्रै हुनु पर्ने गाँउसभा साढे ३ महिना ढिलो भएपनी अाज गाउसभा सम्पन्न भएकाे हाे ।गाउँ सभा को तेस्रो बैठक बाट गाँउसभामा चालू आर्थिक वर्ष ०७९/०८० काे नीति, कार्यक्रम तथा बजेट प्रस्तुतकरण कार्यक्रम सार्बजनिक गरिएकाे हो। गाँउसभामा मा ७९/८० को बजेट ४२ करोड ६६ लाख ४० हजार२ सय ९२ रुपैयाँ को अनुमानित बजेट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी ले प्रस्तुत गर्नु भएको थियो। त्यसअघि गाँउसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता ले ले भने आफूहरुकाे ध्यान गाँउपालिकाकाे विकासमा केन्द्रीत रहेकाे भन्दै चुनावका बेला जनता सामु गरिएको प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने बताए ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए। कालिकामाई गाउँउपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता को अध्यक्षतामा भएकाे छ। वडाका वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्यहरु लगायतकाे सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once