पर्साको क्षेत्र नं. ३ (ख)बाट लोसपाको प्रबल उम्मेदवार श्रीरामजी गिरीको जित निश्चित

spot_img

बीरगंज, पर्सा
एमाले र लोसपाको गठबन्धन भएमा पर्सा जिल्ला क्षेत्र नं. ३ (ख) लोसपाको भागमा पर्ने प्रबल संभावना देखिएको छ । किनभने ०७४ को बेला जसपा र संघिय समाजवादी पार्टीको गठबन्धनमा संघीय समाजवादी पार्टीको उम्मेदवार विजय भएको थियो ।

हाल एमालेबाट लोसपाको गठबन्धन भई रहेकोमा त्यो क्षेत्रमा लोसपा नै बलियो भएकोले त्यहाँ लोसपाको उम्मेदवार नै जित्ने प्रबल संभावना देखिएको छ ।
हाल लोसपाबाट प्रस्तावित नाम श्रीरामजी गिरीको बढि चर्चा भएकोले वहाँलाई नै प्रत्यक्ष उम्मेदवारको रुपमा त्यहाँको जनताले चाहेको छ भन्ने पार्टीबाट पनि सिँगो नाम वहाँको नै आउने निश्ति नै भएको त्यो क्षेत्रका बासिन्दाहरुमा चर्चा चलि रहेको छ ।
विगतको दिनमा त्यो क्षेत्रका सासंद र प्रदेश सदस्यबाट जनता रुष्ट रहेको पनि सर्वविदित नै छ । वहाँहरुको हैकमवादी सोंचले जनता यसपाली परिवर्तनको पर्खाइमा बसेका छन् ।

त्यसैले लोसपा पार्टीको बाहुल्य भएको क्षेत्रबाट लोसपाका उम्मेदवार प्रदेश सदस्यमा आए भने जित नै निश्ति छ । अर्को पार्टीबाट यदि अर्को उम्मेदवारको नाम सिफारिस भए भने जितको संभावना नदेखिएको सो क्षेत्रका बासिन्दाको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once