Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
22.4 C
Kathmandu

जगरनाथपुरमा वडा इकाई कमिटि गठन, ३०५ जना माओवादी केन्द्रमा प्रवेश

spot_img

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १ भदौ / नेकपा (माओवादी केन्द्र) जगरनाथपुर गाउँपालिका वडा नं.–२ दसौतामा पार्टी प्रवेश तथा वडा इकाई कमिटी गठन भएको छ । कार्यक्रममा जसपा पार्टी परित्याग गरि सम्पूर्ण वडा समितिका १०५ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेशपछि छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय वडा इकाइ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर–३ मा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय वडा नं.–३ को वडा कमिटी गठन गरिएको छ । वडा नम्बर–३ मा जसपा परित्याग गरि २०० जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव बिशिष्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादवको विशेष उपस्थितिमा पार्टी प्रवेश तथा इकाई कमिटि गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान परिवेशमा नेकपा माओवादी केन्द्र बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायलाई राजनीतिक चेतना स्तरको विकास गरेकै कारण अहिले सबैमा राजनीतिक चेतनाको विकास भएको तर मधेस आन्दोलनपछि मधेसमा मधेसी दलहरुमा राजनीतिक अराजकता बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once