Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
20.8 C
Kathmandu

श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीमा ३ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण

spot_img

वीरगञ्ज ३१ साउन

वीरगञ्ज महानगरपालिका वडा नं २८ बगहीमा श्री गोकुल कुर्मी स्मृति प्रतिष्ठान तथा वीरगञ्ज महानगरपालिका बाट प्राप्त भएको छात्रवृत्ति आज एक कार्यक्रमका बीच वितरण गरिएको छ। श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालय बगहीका विधालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेश्वर साह तेली रहेका थिए। सो कार्यक्रममा श्री गोकुल कुर्मी स्मृति प्रतिष्ठानका संरक्षक विशिष्ट अतिथि सुरेन्द्र प्रसाद कुर्मीले विधालय बाट २०७८ सालको SEE परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरु प्रथम स्थान हासिल गरेका विधार्थी सुरज प्रसाद कुशवाहा लाई ८०००/-(आठ हजार), दोस्रो स्थान हासिल गर्न पुजा कुमारी लाई ७०००/-(सात हजार), तेस्रो स्थान हासिल गर्न दुर्गा कुमारी लाई ६०००/- (छ हजार) श्री गोकुल कुर्मी स्मृति प्रतिष्ठानका संरक्षक सुरेन्द्र प्रसाद कुर्मीले सम्मान पत्र का नगद रासी प्रदान गरिएका छन्।

वीरगञ्ज महानगरपालिका बाट आएका तीन लाख रुपैया ४ सयका दरले ३ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको स्कुल व्यवस्था समितिका अध्यक्ष राजेश कुमार साहले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले भने यस विद्यालयलाई नमुना प्राविधिक विधालय बनाउनेछु र आउने निर्वाचनमा म यसै क्षेत्रमा बाट जनताको मन र मत लिएर विजय हाँसिल गर्न प्रदेश सभा सदस्य साहले बताए आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वडा नं २८ बगही का वडा अध्यक्ष सर्युग महतो,पुर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष देवनाथ राउत, विधालय व्यवस्थापन समितिका सदस्य मुन्ना तिवारी, समाजसेवी एवं नेपाली कांग्रेस वडा नं २८ का बुथ उपसभापति अर्जुन ठाकुर लगायत स्थानीय, विधार्थीहरु उलेख्निय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once