Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

माउन्ट मकालु माध्यमिक विद्यालयको तीनदिने आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न

spot_img

वीरगंज,१९ माघ । माउन्ट मकालु माध्यमिक विद्यालयको तीनदिने आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न ।
वीरगंज महानगरपालिका वडा नं. १० मा अवस्थित माउन्ट मकालु माध्यमिक विद्यालयमा सोमबार तीनदिने आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन एलकेजी र नर्सरी कक्षाका विद्यार्थीहरूबीच विभिन्न खेलकुद गतिविधि आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले जानकारी दिए।

प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूले उत्साहका साथ खेल प्रदर्शन गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तव, उप–प्रधानाध्यापिका रेखा जैसी र शिक्षक–शिक्षिकाहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै संस्थापक श्रीवास्तवले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्न मद्दत गर्ने बताए। उनले भने, “खेलकुद केवल शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक विकासका लागि पनि अत्यन्त महत्वपूर्ण छ। विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका अमूल्य छ।”

विद्यालय प्रशासनका अनुसार यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिकाइसँगै व्यवहारिक जीवनका लागि तयार पार्न सहयोग पुग्ने विश्वास लिइएको छ। यसरी विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, टोलीसँग काम गर्ने क्षमता र सामाजिक व्यवहार विकास हुने विद्यालयले जनाएको छ।

तीन दिनसम्म चलेको प्रतियोगिताले विद्यार्थीहरूलाई रमाइलो अनुभवसँगै आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once