Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

पर्सा–२ मा महिला नेतृत्वको प्रतिस्पर्धा, तीन दलका उम्मेदवार

spot_img

वीरगंज,०६ माघ । पर्सा क्षेत्र नम्बर–२ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन राजनीतिक दलबाट महिला उम्मेदवार मैदानमा उत्रिने भएका छन्।

नेकपा एमालेले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी २९ वर्षीया यादवलाई एमालेले औपचारिक रूपमा टिकट प्रदान गरेको हो।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिना जैसवाल कुर्मीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ। वीरगंज–२४ रामगढवा निवासी कुर्मी यसअघि राप्रपाबाटै समानुपातिक प्रतिनिधिसभा सदस्य रहेकी थिइन्।

त्यस्तै आम जनता पार्टी (आजपा)ले यस क्षेत्रमा रञ्जु साहलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। प्रभु साह नेतृत्वको आजपाले साहलाई औपचारिक रूपमा मैदानमा उतारेको हो।

नेतृ साहले पर्सा–२ लाई विकासको मोडेल बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा होमिएको बताउँदै जेन–जी पुस्ताको सपना साकार पार्न र जेन–जी आन्दोलनलाई सार्थक बनाउने उद्देश्य पनि आफ्नो उम्मेदवारीको प्रमुख कारण रहेको स्पष्ट पारिन्।

तीन दलबाट महिला उम्मेदवार मैदानमा उत्रिएसँगै पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप चासो र उत्सुकतापूर्ण बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once