Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

पर्सामा २४० केजी चरेशसहित ट्रक र दुई व्यक्ति पक्राउ

spot_img

वीरगंज,०६ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित ट्रक र दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार साँझ करिब ७ः३० बजे पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानुनी प्रक्रिया अनुसार जाँच गर्दा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाई राखिएको २४० केजी चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित ट्रक चालक र ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठकले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ निवासी २९ वर्षीय सरोज मोक्तान (ट्रक चालक) र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once