Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
16.1 C
Kathmandu

मधेश प्रदेशमा छड्के अनुगमन: ७२ कर्मचारी कारबाहीमा

spot_img

जनकपुर,०३ पुस । मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा दुई दिनसम्म गरिएको छड्के अनुगमनमा ७२ कर्मचारी कारबाहीमा परेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आठ वटा अनुगमन टोली गठन गरी दुई-दिनसम्म निरीक्षण गरिएको थियो।

निमित्त प्रमुख सचिव रामकुमार महतोका अनुसार मंगलबार ४८ र बुधबार २४ कर्मचारी गरी कुल ७२ जनालाई पदीय मर्यादाअनुसार काम नगरेको पाइएपछि कारबाही गरिएको हो। कारबाहीमा परेका कर्मचारीहरू विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत थिए।

अनुगमनमा बिदा स्वीकृति नलिई अनुपस्थित रहेका ३४ र तोकिएको पोशाक नलगाई कार्यालयमा उपस्थित भएका ३८ कर्मचारी कारबाहीमा परेका थिए।

मुख्य रूपमा कारबाहीमा पर्ने कर्मचारीहरू:

खेलकुद तथा समाज कल्याण मन्त्रालय – ९ जना ,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय – ४ जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय – ३ जना, शिक्षा तथा संस्कृति मन्त्रालय – ५ जना, गृह, सञ्चार तथा कानून मन्त्रालय – १ जना उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय – ८ जना, वन तथा वातावरण मन्त्रालय – ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालय – ५ जना, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय – ३ जना, प्रदेश सरकारले सरकारी कार्यालयमा अनुशासन कायम राख्न र सेवा प्रवाह प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once