काठमाडौँ,०६ असोज । नयाँ नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै सुविधा र सुरक्षा नचाहिने नसकेको बताएका छन् ।
पदभार ग्रहण गरेपछि मन्त्री पुनले भने, ‘मलाई बस्नको लागि क्वाटरको आवश्यकता छैन, म मन्त्रालयमै बस्नेछु । एउटा कोठा, एक कुर्सी र किचन चाहिन्छ, आफै खाना पकाएर खान्छु।”
साथै मन्त्री पुनले आफूले आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी पनि दिएका छन्। शिक्षामन्त्री पुनले सुरक्षा व्यवस्था पनि अस्वीकार गरेका छन्। ‘मलाई सुरक्षा चाहिँदैन। मैले सुरक्षाकर्मी भाइहरूलाई भनेको छु । यहाँ मन्त्रीको कार्यकालमा बस्दा र बाहिर जानु पर्दा पछि आउनु पर्दैन।’
मन्त्री पुनले मन्त्रालयको गाडीलाई औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।





