Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

सशस्त्र प्रहरीद्वारा भन्सारछली सामानसहित अटो नियन्त्रण

spot_img

वीरगंज,०३ असोज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ गण्डक क्षेत्रबाट अटो सहित भन्सारछलीको विभिन्न सामान बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब १२:४० बजे गण्डक इलाकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको नौ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

ना २ ह ४२७७ नम्बरको अटोमा लुकाई ल्याइँदै गरेको करिब ९० हजार रुपैयाँ बराबरको कपडा, किराना तथा कस्मेटिक सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद अटोको अनुमानित मूल्य ३ लाख रुपैयाँसहित कुल अन्दाजी ३ लाख ९० हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।

बरामद अटो र सामानलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once