Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

काठमाडौं उपत्यकामा कर्फ्यू आदेश शुक्रबारसम्म लम्ब्याउने निर्णय

spot_img

काठमाडौँ,२६ भदौं । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले राजधानी उपत्यकामा लागू भएको कर्फ्यू आदेशलाई शुक्रबारसम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा सेनाले नागरिकको धन–जनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आदेश लम्ब्याउनुपरेको उल्लेख गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा लागू हुनेछ।

त्यसपछि बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म निरन्तर कर्फ्यू रहने सेनाले जनाएको छ।

सुरक्षा निकायहरूले काठमाडौं उपत्यकामा तनावपूर्ण स्थिति देखिन सक्ने आशंकामा विशेष सतर्कता अपनाएका छन्। यस अवधिमा जनतालाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once